(१) अध्यादेश बमोजिम कुनै अनुसन्धान अधिकारीले कुनै कसूरको अनुसन्धान वा अभियोजनमा सहयोग पुग्ने कुनै पारस्परिक कानूनी सहायता विदेशी राज्यसँग माग गर्नु पर्ने भएमा अध्यादेशको दफा १४ मा उल्लिखित विवरण खुलाई अनुसूची–२ बमोजिमको ढाँचामा केन्द्रीय अधिकारी समक्ष अनुरोध गर्नु पर्नेछ ।
(२) कुनै अदालतले न्यायिक कारवाहीको सिलसिलामा सहयोग पुग्ने कुनै पारस्परिक कानूनी सहायता विदेशी राज्यसँग माग गर्ने आदेश गरेमा सम्बन्धित अदालतले अध्यादेशको दफा १४ मा उल्लिखित विवरण खुलाई अनुसूची–३ बमोजिमको ढाँचामा केन्द्रीय अधिकारी समक्ष अनुरोध गर्नु पर्नेछ ।
(३) केन्द्रीय अधिकारीले उपनियम (१) वा (२) बमोजिम अनुरोध प्राप्त भएमा अध्यादेशकोे दफा १४ र १५ मा उल्लिखित विवरण खुलाइ अनुसूची–४ बमोजिमको ढाँचामा कुटनैतिक माध्यम मार्फत सम्बन्धित विदेशी राज्यमा अनुरोध गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम पारस्परिक कानूनी सहायता माग गर्दा सम्बन्धित विदेशी राज्यको कानूनले कुनै निश्चित शर्तको व्यवस्था गरेको रहेछ भने केन्द्रीय अधिकारीले त्यस्तो शर्तको समेत पालना गर्नु पर्नेछ ।